Duration 10:6

बेलडाँगी शिविर ज्वाला सहयोग साथ पुग्दा- भावुक बनिन् भूगोलबिहिन, देशबिहिन र भएर बॅाच्नुको पीडा देखे

442 watched
0
8
Published 3 Jun 2021

Global Bhutanese Hindu Organization (USA) बाट यस संस्थाका अध्यक्ष आदरणीय Kamal Dhimal ज्युबाट झापाको बेलडॅागी शरणार्थी शिबिरमा रहनु भएका दाजुभाई दिदीबहिनीहरुलाई कोभिडको बेला समस्यामा पर्न नदिन GBHO बाट १२ वटा अक्सिजन सिलिण्डर सहित ५० हजार नगद सहयोग गर्छौं,कृपया सहजिकरण गरिदिनु होला भन्ने अनुरोध आएपछि अन्य सबैकुरा छोडेर भएपनि त्यहॅासम्म पुग्नै पर्छ भन्ने लागेर वहॅाको अनुरोध स्वीकार गरें! परिस्थिति प्रतिकुल थियो तथापी च्यालेन्ज उठाईयो! यो बिषयमा जानकारी पाएपछि आदरणीय रबि लामिछाने दाई र डिपी अर्याल दाईले रबि लामिछाने फाउण्डेशनको तर्फबाट पनि ४ वटा सिलिण्डर सहित अत्यावस्यक स्वास्थ्य सामाग्री पठाईदिनु भयो भने पुर्ब आईजिपी सर्बेन्द्र खनाल दाईले खाधान्न सहित स्वास्थ सामाग्री उपलब्ध गराईदिनु भयो! त्यस्मा सुनिता गुरुङ (बेल्जियम), यम श्रेष्ठ सर र मैले पनि थोरै सहयोग गर्यौ भने लाईफ केयरका सिईओ पुरुषोत्तम अधिकारी ज्युको पनि सहयोग रह्यो। सामान काठमाण्डौबाट सिबिरसम्म पुर्याउन आदरणीय Arun Shrestha सर र Baba John दादाले गाडी पठाईदिनु भयो। धेरै ब्यक्तित्वहरुको सहकार्यमा यो सहयोग आज शिबिरमा एक सानो कार्यक्रमबीच झापा क्षेत्र नं ३ का माननिय सांसद , सादा जिवन उच्च बिचारका धनी, दुखी गरिबका आशाका केन्द्र , एक असल नेता आदरणीय राजेन्द्र लिङदेन ज्युको प्रमुथ आतित्थ्यमा हस्तान्तरण गरियो।भूगोलबिहिन, देशबिहिन र रास्ट्रियता बिहिन भएर बॅाच्नुको पीडा शरणार्थी शिबिरमा दुखमा बाचिरहेका दाजुभाई दिदीबहिनीहरुको आंखामा प्रत्यक्ष बगिरहेको थियो। नेपाल सरकारले यसतर्फ पनि आवस्यक ध्यान देओस् किनकी जुन भाषा र संस्कृतिलाई माया गर्छु भने यी दाजुभाईहरुले, त्यहि बहानामा भुटानबाट लखेटिए। आज आफ्नो अस्तित्व गुमाएर बाच्दै गर्दा कोभिडसंग लड्न पनि उनीहरुलाई गार्हो परिरहेछ! किनकी नागरिकता नभएपछि राज्यले समेत वास्ता गर्दैन उपचारमा ! हामी सबैले शिबिरमा रहेका दाजुभाईहरुको प्रशासनिक न्यायको लागि अब आवाज पनि उठाउनु पर्छ किनकी कुनैपनि मान्छे बर्षौंसम्म परिचय बिहिन भएर यो भूगोलमा बॅाच्न नपरोस् ! कार्यक्रम सहजिरकणको निम्ति युवा नेता आदरणीय Laxmi Prasad Sangroula ज्यु र बिराट एफएमका एमडी आदरणीय Lila Anmol ज्युलाई धेरै धेरै धन्यबाद ! 👏🌹🇳🇵

Category

Show more

Comments - 0