Duration 16:12

Is Bijay Shahi Memory Scientific | विजय शाहीको क्षमताको वैज्ञानिक आधार हुन सक्छ Ganesh Karki

101 256 watched
0
2.8 K
Published 19 Jul 2020

भुलसुधार र सम्पादन : भिडियोमा भएको कुरा र टाइटल तथा थम्बनैलको सम्बन्ध स्पष्ट भएन भन्ने धेरैको सुझावका आधारमा थम्बनैल र टाइटल परिवर्तन गरेको छु । अबदेखि सकेसम्म यस्ता कुराहरुमा बेलैमा हेक्का राख्नेछु । गल्ति भएमा सुधार्दै, सिक्दै र प्रयोग गर्दै जानेछु । सनसनी भन्दा जानकारीमुलक भिडियो बनाउँने मेरो प्रयत्नमा तपाईहरुले दिनु भएको सुझाब धेरै अर्थपुर्ण र सहयोगी छ । अघिल्लो थम्बनैल र टाइटलबाट पर्न गएको असमानताका लागि माफी चाहन्छु । तपाईहरुको हौशला, माया र सहयोग सँधै रहिरहोस् । नमस्कार । विजय शाही (Bijay Shahi)को भिडियो अहिले युट्युबमा ट्रेन्डिङमा छ । तपाईले vijay shahi अथवा Bijaya Shahi अथवा Bijay shahi जे भनेर खोजे पनि उनको भिडियोसम्म पुग्नु हुनेछ । उनलाई धेरैले MemoryKing Bijay Shahi पनि भन्ने गर्छन् । एउटा भिडियोका प्रस्तोताका अनुसार त यो ३ करोड नेपालीका लागि मात्रै आश्चर्य पार्ने कुरा होइन कि विश्वका ७ अर्ब मानिसहरु नै आश्चर्यचकित पर्ने छन् । हुन पनि आममानिसले कल्पना नै गर्न नसक्ने काम विजय शाही (Bijay Shahi) गर्छन् । भिडियोमा विजय शाही (Bijay Shahi)ले १२ मिनेटमा ११ पानाको किताब पढिसक्छन् । पढ्छन् मात्रै पनि होइन, विजय शाही (Vijay Shahi) त्यसलाई हुबहु सम्झिन्छन् र जुनसुकै पानाबाट सोधे पनि जस्ताको तस्तै लेखिदिन सक्छन् । लेखेरै देखाउँछन् । यति सम्म कि अंकहरु पनि फरक पर्दैनन् । जडिबुटीको वैज्ञानिक नामको हिज्जे उनी सर्लक्कै भनिदिन सक्छन् । यो त साँच्चै नै ७ अर्ब मानिसहरु चकित पर्ने कुरा भयो । यसो त विजय शाही (Bijay Shahi)को कुरा खासै विशेष होइन तर केवल भ्युजका लागि यी कुराहरु भइराखेका छन् भन्नेहरुको पनि उल्लेख्य संख्यामा छन् । आज म यहि बिषयमा कुरा गरेको छु । मैले भिडियोमा विजय शाही (Bijay Shahi)को स्मरण शक्ति सम्भव या असम्भव भन्ने बारेमा कुरा गर्न गरेको छु । योसँगै विजय शाही (Bijay Shahi)कै जस्तो विशेषता भएका मानिसहरु छन् कि छैनन् र वैज्ञानिकरुपमा यी कुराहरुको सत्य के हो भन्ने बारेमा पनि कुरा गरेको छु । 0:00 - भिडियो सुरु 0:07 - बिजय शाहीको बारेमा ताजा कुरा 1:11 - स्मरण भनेको के हो ? 2:35 - विशेष स्मरण क्षमता 3:20 - आइडेटिक मेमोरी 4:42 - फोटोग्राफिक मेमोरी 6:19 - हाइपरथाइमेसिया 8:24 - नेमोनिक 9:43 - विजय शाही नेमोनिस्ट हुन् ? 10:25 - विजय शाहीप्रतिका प्रश्न र भ्रमहरु 10:31 - के बिजय शाही आइन्स्टाइन भन्दा अब्बल ? 12:13 - बिजय शाही बोर्डफस्ट हुनु पर्ने त ! 13:15 - दिमागको स्टोरेज सकिदैन ? 15:15 - अन्त्य भिडियो हेरिदिनु भएकोमा धन्यवाद । भिडियो मन परेमा लाइक र सेयर गरिदिनुहोला । अन्य यस्तै भिडियोहरु हेर्न चाहनु हुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोला । धन्यवाद । फेसबुकमा : https://facebook.com/ganess.karki युट्युबमा : /ganeshkarkiofficial

Category

Show more

Comments - 224