Duration 4:39

एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका ८ जना पर्यटकको मृत्यु (LIVE) - NEWS24 TV

92 113 watched
0
1.4 K
Published 21 Jan 2020

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृतकको सनाखत भने भइसकेको छैन । आज बिहान रिसोर्टमा बेहोस भेटिएका ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो । ल्याए लगत्तै आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको ह्याम्स अस्पताले जनाएको हो । महानगरीय प्रहरी बृत्त महाराजगन्जका अनुसार आठै वटा शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको छ । कोठाको झ्याल, ढोका बन्द गरेर हिटर बालेर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । भारतको केरलाबाट नेपाल घुम्न आएको १५ जनाको समूहमध्ये ८ जना एउटै कोठामा सुतेका थिए । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 101